अमेरिकामा नवनिर्वाचित राष्ट्रपति ट्रम्पबाट मन्त्रीमन्डल पूर्णता
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखा विशेषज्ञ डा. सन्दुक रुइत हेमबहादुर मल्ल सम्मानबाट सम्मानित हुनुभएको छ ।
काठमाण्डौमा भएको एक कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले दुवैजनालाई सम्मान गर्नुभएको हो । साल्ट ट्रेडिङ कर्पाेरेशनको प्रायोजनमा स्थापना भएको हेमबहादुर मल्ल सम्मान २०७३ घिसिङलाई र २०७४ डाक्टर रुइतलाई प्रदान गरिएको हो । पुरस्कारको राशी २ लाख रुपैयाँ रहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई लोडसेडिङ हटाउन भूमिका खेलेको तथा डा.रुइतलाई आँखा उपचारमा पुर्याएकाे अतुलनीय योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा.भगवान कोइराला, डा.बिमल कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुंगाना, डा.सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम र डा. देवेन्द्र पाण्डे याे सम्मानबाट सम्मानित भइसक्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।