प्रिमियर लिगमा आज लिभरपुल र साउथह्याम्टन तथा युनाईटेड र इपस्व...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - काठमाण्डाैको कीर्तिपुरमा फेला परेको विस्फाेटक पदार्थ ‘प्लाष्टिक ह्याण्ड ग्रेनेड’ डिष्पोज गरिएको छ ।
नेपाली सेनाको डिष्पोजल टोलीले त्यसलाई डिष्पोज गरेको महानगरीय प्रहरी कार्यालय काठमाण्डाैका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो ।
यसैबीच, जनकपुरधाममा बमको हल्लाले जनजीवन त्रसित बनेको छ । जनकपुरधाम क्षेत्रमा बमसहितका शंकास्पद वस्तु भेटने क्रम चलिरहेको छ ।
शुक्रबार दिउँसो पनि जानकी मन्दिर नजिकै शंकास्पद वस्तु भेटिएको छ । बम रहेको खबर पाएलगत्तै तुयस क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन गरी सर्वसाधारणलाई आवागमनमा रोक लगाइएकाे थियाे ।
जनकपुरधाम-१० मा रहेकाे जानकी मन्दिरदेखि देवीचोक जाने बाटोमा बिजुलीको पोल नजिकै एउटा झोलामा राखिएको शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
अत्यधिक भीडभाड हुने क्षेत्र भएका कारण सर्वसाधारणको सुराक्षाका हिसाबले जानकी मन्दिरदेखि देवीचोक जाने धनुषपथमा तत्काल आवत–जावत पूर्ण रुपमा प्रतिबन्ध गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयाे ।
बम हुनसक्ने आशंकामा प्रहरी खटाएर नेपाली सेनाको डिस्पोज टोलीमार्फत डिस्पोज गरिने उहाँले बताउनु भयो । यसअघि धनुषाको महेन्द्रनगरमा एक प्रहरी निरीक्षक सहित ३ जनाको ज्यान जानेगरी बम विष्फोट भएको थियो ।
पछिल्लो पटक जनकपुरधामको रामानन्द चौकमा रहेकाे बागवानी, संकटमोचन मन्दिर जाने बाटो, मिल्स एरिया र राष्ट्र बैंक नजिक शंकास्पद वस्तु फेला परिसकेका छन् । यी शंकास्पद वस्तुमध्ये संकटमोचन मन्दिर नजिक बम नै रहेको थियो भने राष्ट्र बैंक नजिक बमजस्तै नक्कली बम पाइएको थियो ।
जनकपुरधाममा शंकास्पद वस्तु कसले र किन राख्दै आएका छन् भन्ने यकिन भइनसकेकाे र अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक कार्कीले भन्नु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।