एनसेल मेला : दीपक बज्राचार्य, 'लाहुरे' र मेलिना राईकाे प्रस्तुतिमा झुमे दर्शक

 पुष १३, २०७६ आइतबार ११:२९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – एनसेलले शनिबार बुटवलमा आयोजना गरेको ‘एनसेल मेला २०७६’ सफलतापूर्वक सकिएको छ । मेलामा दर्शकले चर्चित कलाकारहरुको प्रस्तुतिसँगै विविध खेल गतिविधिबाट मनोरञ्जन लिए । 

नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्‍याउने र आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यका साथ एनसेलले सिद्धेश्वरी स्कुल मैदान, दीपनगरमा मेला आयोजना गरेको थियो । दिउँसो १२ बजे सुरु भएको गीतसंगीतकको कार्यक्रम दिउँसो ३ बजेसम्म चलेको थियो ।

मेलामा दीपक बज्राचार्य र रिदम ब्याण्ड, आषिश राना (लाहुरे), कालीप्रसाद बास्कोटा, मेलिना राई, टीका प्रसाईँ लगायतका कलाकारले आफ्नो प्रस्तुति दिएका थिए । साथै कलाकार रेमन दास श्रेष्ठ र साहना बज्राचार्यको उद्घोषणले दर्शकहरुलाई थप मनोरञ्जन दियो । 

मेलामा गेम स्टलहरु, विभिन्न थिम गेमहरु र ओकुलस भर्चअलजोन जस्ता विशेष आकर्षणहरु रहेका थिए । बालबालिकाका लागि किड्स जोनमा पेन्टिङ्ग, प्लेडो, लेगो, प्रि गो होभर बोर्ड, मिनीगो कार्ट, पोगो स्टिक, इन्फ्लेटेड क्यासल, डक फिसिङ्ग र एङ्ग्री बर्ड लगायतका विभिन्न रमाइला गेम पनि थिए । 

मेलामा दर्शक तथा आगन्तुकहरुले एनसेलको फोरजी र अरु प्रोडक्टहरुका थिम गेमहरुको मजा लिँदै आकर्षक पुरस्कारहरु जित्न सफल भएका थिए । त्यस्तै कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाहरुका बारेमा पनि जानकारी लिनुका साथै फोरजी सिम लिन र पुरानो सिम फोरजीमा अपग्रेड गर्न पाएका थिए ।

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया