‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिता : दोश्रो खेलमा नेपालले आ...
कात्तिक १७, २०८१ शनिबार
ललितपुर -सिद्धार्थ राजमार्गअर्न्तगतको सिद्धबाबामा निर्माण हुने सुरुङ मार्गको लागि डेढ महिनाभित्र ठेक्का आह्वान हुने भएको छ । आयोजनालाई उच्च प्राथमिकतामा राखेर अहिले ठेक्का आह्वानको कागजात बनाउने काम भइरहेको सडक विभागले जनाएको छ ।
‘यो आयोजनालाई उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाउने छौँ । अहिले ठेक्काको लागि कागजात तयार हुँदैछ । बढीमा डेढ महिनाभित्र ठेक्का आह्वान गर्ने तयारीमा छौँ’ सडक विभागका उपमहानिर्देशक शिवहरी सापकोटाले जानकारी दिनुभयो ।
उहाँले यो आयोजनालाई कुनै पनि बहानामा ढिला हुन नदिने र ३ वर्षभित्र जसरी पनि पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
‘मृत्युमार्ग भनेर चिनिएको यो क्षेत्रमा सुरुङ मार्ग बनाउन कुनै हालतमा ढिलाइ गर्दैनौँ । हाम्रो उच्च प्राथमिकतामा यो आयोजनामा रहनेछ’, उपमहानिर्देशक सापकोटाले भन्नुभयो ।
सिद्धबाबामा सुरुङ मार्ग बनाउन अर्थ मन्त्रालयले गएकाे मंसिर २ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेखेर स्रोतको सुनिश्चितता दिइसकेको छ ।
'डिजाइन एण्ड बिल्ड मोडालिटी' बाट खर्च गर्नेगरी १० अर्ब १५ करोड रुपैयाँको स्रोत उपलब्ध गराउने अर्थ मन्त्रालयले जनाएको छ । मध्यकालीन खर्च संरचनाभित्र रहेकाले १ दशमलव २४ किलोमिटर लामो सुरुङ मार्ग बनाउने स्रोत दिइएको हो ।
बर्खामा हिलाे, पहिरो र हिउँदमा धुले पहिरो जाने कारण यो सडकमा बर्सेनि हुने दुर्घटनामा परि धेरैले ज्यान गुमाउने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।