४०० केभी लप्सीफेदी सबस्टेशनकाे काम आउँदाे पुसभित्र सक्ने लक्ष्य
फागुन ८, २०८१ बिहिबार
काठमाण्डौ - प्रतिनिधि सभाको सभामुख कसलाई बनाउने भन्ने बारेमा निर्णय गर्न बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा यो एजेण्डा प्रवेश नै हुन सकेन ।
एक साताअघि बसेको स्थायी समिति बैठकले सचिवालय बैठकबाट सभामुखको उम्मेद्वार चयन गरिने निर्णय गरेको थियो । तर स्थायी समिति बैठकपछि पहिलो पटक आइतबार बसेको बैठकमा यसबारेमा छलफल नै नभएको पार्टीका महासचिव विष्णु पौडेलले बताउनुभयो ।
आइतबारको बैठकले सभामुखको टुंगो लगाउने अपेक्षा लिइएको थियो । नेकपाले सभामुख कसलाई बनाउने भन्ने बारे निर्णय नगर्दा संसद बैठक अनिश्चित बनेको छ । दुई दिनअघि शुक्रबार तय भएको प्रतिनिधिसभाको बैठक पनि नेकपाले सभामुखको उम्मेद्वार तय गर्न नसक्दा सूचना टाँस गरेर स्थगित गर्नु परे ।
अर्को बैठक आउँदो बुधबारका लागि तय गरिएको भए पनि नेकपाले सभामुखको उम्मेद्वार टुंगाे नलाए यो बैठक पनि सर्ने सम्भावना छ ।
पार्टी अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सभामुखको उम्मेद्वारको विषयमा एकमत नहुँदा सचिवालय बैठकमा यस विषयले प्रवेश पाउन नसकेको नेताहरुको बताउँछन् ।
पार्टी एकता हुने बेला सभामुख पद पूर्व माओवादी खेमाले लिएको र अहिले पनि पूर्व माओवादी खेमाले नै सभामुख पाउनु पर्ने पूर्व माओवादी नेताहरु बताउँछन् । तर पार्टी एकतापछि पूर्व माओवादी र पूर्व एमाले भन्ने भन्दा पनि सभा चलाउन सक्ने व्यक्तिको चयनमा ध्यान दिनुपर्ने कतिपयको राय छ ।
अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीसँग सभामुखको नाम प्रस्ताव गर्न आफूले पाउनु पर्ने बताउनुभएको र नाममा कुरा मिल्न नसक्दा आइतबारको बैठकमा यसबारे छलफल नै नभएको स्रोत बताउँछ ।
संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेसँगै कृष्णबहादुर महरा सभामुखबाट राजिनामा दिन बाध्य भएपछि अहिले सभामुख पद रिक्त छ ।
पार्टी एकता हुनुअघि तत्कालिन माओवादीले सभामुख र एमालेले उपसमुख पद लिएको थियो । तर अब पार्टी एकतासँगै दुवै पद एउटै पार्टीले राख्न नमिल्ने संवैधानिक प्रावधान अनुरुप सभामुख र उपसभामुख फरक पार्टी र फरक लिंगको हुनै पर्ने बाध्यात्मक अवस्था छ ।
त्यसैले नेकपाले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न लगाएर सभामुखमा आफ्नो उम्मेद्वार उठाउने तयारी गरेको छ । तर उपसभामुख शिवमाया तुम्बाहाङ्फेले भने आफूलाई सभामुख बनाउने प्रतिबद्धता नजनाएसम्म उपसभमुखबाट राजीनामा नदिने बताउँदै आउनुभएको छ ।
राजीनामा नै दिन पर्ने भए आफू के कारणले सभामुख बन्न अयोग्य हो त्यो नेतृत्वले भन्नुपर्ने उहाँले बताउनुभयो । नेकपाले सभामुख छाड्न नचाहे पनि त्यसमा कसलाई पठाउने भन्ने विषयमा निर्णय गर्न नसक्दा संसद बैठक नै अनिर्णयकाे बन्दी बन्न पुगेको छ ।
यस्तै नेकपाको आइबारको सचिवालय बैठकले राष्ट्रिय सभा चुनाव र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा पनि छलफल गर्ने कार्यसूची थियो । तर बैठकमा यो एजेण्डाले पनि प्रवेश नपाएको महासचिव पौडेलले बताउनुभयो ।
‘समय अभावका कारण बैठकमा एजेण्डाहरु प्रवेश हुन पाएनन् तर स्थायी समिति बैठकको निर्णय अनुसार नै अब बस्ने सचिवालय बैठकले यसबारेमा निर्णय गर्छ,’ उहाँले भन्नुभयो । स्थायी समिति बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) स्वीकार गर्ने निर्णय गरेको थियो ।
बैठकमा यसअघि तय भएको तीन वटै एजेण्डामा छलफल नभए पनि प्रदेश ३ को नाम र राजधानीका विषयमा भने निर्णय भयाे । सचिवालय बैठकले प्रदेश ३ को नाम वागमती र राजधानी अहिले रहेकै हेटौँडा कायम गर्न प्रदेश सभा दल र प्रदेश कमिटीलाई निर्देशन दिने निर्णय गर्याे । तर यसको औपचारिक जानकारी भने नेकपाले सार्वजनिक गरेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।