‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिता : दोश्रो खेलमा नेपालले आ...
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डौं - सर्लाहीका उखु किसानहरु केही दिनयतादेखि काठमाण्डाैको माइतीघरमा धर्नामा बसिरहेका छन् । चिनी मिलहरुले विगत ७ वर्षदेखि उखुको भुक्तानी उपलब्ध नगराएकाे भन्दै उनीहरु धर्नामा बसेका हुन् ।
२०७० सालबाट उखुको भुक्तानी नपाएपछि धर्नामा बस्नुपरेको उखु किसान हरिश्याम राईले बताउनुभयो । यसअघि पटक–पटक भएका सम्झौताहरु समेत कार्यान्वयनमा नआएको उहाँको भनाइ छ ।
राईका अनुसार २०७० सालदेखि अहिलेसम्मको करिब ७० करोड बढी भुक्तानी लिन बाँकी रहेकाे भएपनि कुनै सुनुवाइ भएको छैन । अन्नपूर्ण मिलले ५० करोड र महालक्ष्मी मिलले २१ करोड भुक्तानी गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।
भुक्तानी नदिएसम्म उखु नकाट्ने र कुनै पनि हालतमा मिलहरु सञ्चालनमा आउन नदिने किसानहरुले चेतावनी दिएका छन् । किसानहरुले उखुको मूल्य सरकारले तोकेअनुसार नै निर्धारण हुनुपर्ने माग राख्दै आएका छन् ।
मिलहरुले अहिले आफूखुसी प्रतिक्विन्टल ५ सय रुपैयाँ दिँदै आएकोमा सरकारले निर्धारण गरेको ५ सय ३६ रुपैयाँ ५६ पैसा प्रतिक्विन्टल कायम हुनुपर्ने माग किसानहरुको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।