सीमा विवाद समाधानका लागि छिट्टै भारतसँग वार्ता हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

 पुस १४, २०७६ सोमबार १७:५६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँगको सीमा समस्या समाधानका लागि वार्ता गर्न सरकारले मिति तोक्न लागेको बताउनु भएको छ । 

मन्त्रालयले सिंहदरबारमा आयोजना गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा मन्त्री ज्ञवालीले सीमा समस्या सभाधानका लागि भारतसँग बैठक बस्न नयाँ मिति तोक्न लागेको जानकारी दिनुभएको हो ।

उहाँले नोभेम्बर २३ मा औपचारीक पत्र पठाई बैठक बस्न मिति दिएकोमा भारतले समस्याको अनुभुति र समाधानको तत्परता सहित जवाफ पठाएको भन्दै अब सरकारले नयाँ मिति तोक्न गृहकार्य सुरु गरेको जानकारी दिनुभयो ।

मन्त्री ज्ञवालीले सीमा विवादलाई लिएर दुई देशबीचको सम्बन्ध विग्रिएको भन्ने बुझ्न नहुनेसमेत बताउनुभयो । उहाँले सीमा विवाद कुटनीतिक तरिकाले समाधान गर्न भारत तत्पर रहेको बताउनुभयो ।

त्यस्तै मन्त्री ज्ञवालीले आर्थिक वर्ष २०७५/०७६ मा सरकारले दुवै छिमेकीहरुसँग सार्थक आर्थिक साझेदारीमा आधारित सम्बन्धलाई विकास गर्न र विश्वासको बलियो जग स्थापित गर्न सफल भएको बताउनुभयो । 

उहाँले नेपालको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल सुखी नेपाली’लाई पूरा गर्न सरकार अनुकूल अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण गर्न सफल भएको पनि बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया