फोर्ब्सकाे घोषणा : एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति
मंसिर ९, २०८१ आइतबार
बाजुरा – बाजुराका पूर्वाेत्तरका चार वटा पालिकाका बालबालिकालाई खाेप दिन काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएकाे रेफ्रिजेरेटर बिग्रँदा खोप सेवा प्रभावित भएको छ ।
पुसकाे पहिलो हप्ता सञ्चालन भएको खोप सेवा तीन वटा पालिकामा सञ्चालन भए पनि हिमाली गाउँपालिकामा भने खोप सेवा सुरु नै भएन । ‘हाम्रोमा भ्याक्सिन राख्ने फ्रिजले आइस बनाउन सकेको छैन, जसले गर्दा भ्याक्सिन सुरक्षित हुँदैन र यो नबनाउँदासम्म खोप सेवा सञ्चालन गर्न सकिँदैन’ कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख ओमजङ्ग शाहीले भन्नुभयाे ।
रेफ्रिजेरेटर बिग्रेको कुरा जिल्लामा भनेकाे र केन्द्रीय मेडिकल स्टोरका प्राविधि आएपछि मात्र बन्ने उहाँले बताउनुभयाे । यस क्षेत्रमा हरेक वर्ष केही न केही बहानामा बालबालिकाले खोप सेवा पाउँदैनन् ।
‘गाउँपालिकाकाे ६ र ७ नम्बर वडाका एक सय बालबालिका छुटेका छन् । उनीहरुले पुस महिनामा पाउनुपर्ने सबै किसिमका खोपहरु पाएका छैनन्’, हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीले भन्नुभयाे ।
भण्डारी बताउनुहुन्छ, ‘हिमाली गाउँपालिकामा खोप भण्डारण गर्न आवश्यक रेफ्रिजेरेटर चलाउन सक्ने विद्युतीय स्राेत नभएको र बाजुरा जिल्लाका पहिलेका उत्तरी क्षेत्रमा रहेका ११ गाउँ विकास समितिको लागि भ्याक्सिन कोल्टी प्राथमिक केन्द्रमा स्टोर गर्ने गरेको र रेफ्रिजेरेटर बिग्रिएकोले यस्तो समस्या आएको हो ।’
उहाँ भन्नुहुन्छ, 'खाेप सेवा अति नै संवेदनशील सेवा भएकाले यो महिना खोप लगाउन छुटेका सबै बालबालिकालाई अर्को महिनाको खोप क्लिनिक सञ्चालन गर्दा खोप सेवा दिने व्यवस्था मिलाउने छौँ । हामीले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा खोपसँगै स्वास्थ्यकर्मी पठाएका थियौँ तर भ्याक्सिन कोल्डचेन मेन्टेन नभएको कारण जोखिमता नलिने निर्णय गरी यो महिनाको खोप सेवा स्थगन गरिएको हो ।’
भ्याक्सिन स्टोरेज गर्न २४ सैँ घन्टा कोल्डचेन मेन्टेन गर्नुपर्ने हुन्छ । यस्को लागि २५ डिग्रीसम्मको तापक्रम कायम राख्न सक्ने क्षमताको रेफ्रिजेरेटर र त्यहीअनुसारको विद्युत् अथवा सोलार पावर आवश्यक हुन्छ ।
तर यसकाे लागि पालिकासँग स्राेत नभएको र प्रदेश सरकार तथा सङ्घीय सरकारसँग सहयोग मागे पनि कसैले चासो नदेखाउँदा यस्ताे भएकाे पालिकाकाे दाबी छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।