नयाँ वर्षमा एनसेलको आकर्षक अफर : डेटा प्याकमा ५० प्रतिशत छुट

 पुस १५, २०७६ मंगलबार १९:४१:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एनसेलले नयाँ वर्षमा  ५० प्रतिशत छुटमा मासिक डेटा प्याक लिन सकिने अफर ल्याएकाे छ । 

यस अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले ५० प्रतिशत छुटमा १६ जिबी र ६ जिबी मासिक डेटा प्याक लिन सक्ने कम्पनीले जनाएकाे छ । 

यो अफर यही बुधबार पुष १६ गते अर्थात जनवरी १ तारिखका दिन २४ घण्टाको लागि मान्य रहने छ । एनसेलका ग्राहकले  बुधबार लाग्नेबित्तिकै मध्यरातदरेखि बु्धबार मध्यरात ११.५९ सम्म ५० प्रतिशत छुटमा यी दुई मासिक डेटा प्याक लिन सक्नेछन् । 

यस योजनाअन्तर्गत करसहित १,०२०.२४ रुपैयाँ पर्ने १६ जिबी प्याक करसहित ५१०.१२ रुपैयाँमा लिन सक्नेछन् । त्यस्तै ४५३.३० पर्ने मासिक ६ जिबी (३ जिबी+३ जिबीफोरजी डेटा) डेटा प्याक करसहित मात्र २२६.६५ रुपैयाँमा लिनसक्ने कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ । 

याे अफरका लागि *१७१२३*५०# डायल गरी प्राप्त निर्देशन पालना गर्नुपर्नेछ । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया