कश्मीर : 'सर्च अपरेसन'का क्रममा ज्यान गुमाउने जवान गाेरखाका अर्जुन थापामगर

 पुस १७, २०७६ बिहिबार १०:३६:२५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – कश्मीरको राजोरी जिल्लाको नियन्त्रण रेखा (एलओसी) नजिक नौशेरा क्षेत्रमा बुधबार भारत र पाकिस्तानबीचको दोहोरो सङ्घर्षमा दुई जना सैनिकको ज्यान गएको थियो । 

दोहोरो सङ्घर्षमा ज्यान गुमाउनेमा एक जना नेपाली पनि रहेका छन् । सङ्घर्षमा गोरखा जिल्लाकाे विकट रिप गाउँका २५ वर्षीय जवान अर्जुन थापामगर र महाराष्ट्रको सताराका २९ वर्षीय सन्दीप सावन्त रघुनाथको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । 

दुवै जवानको शव नौशेरा अस्पतालमा पोस्टमार्टमका लागि राजोरी पठाइएको छ ।  

केही दिनदेखि कश्मीरमा तीन जना संदिग्ध घुसेकाे भन्ने खबर पाएपछि गएकाे मङ्गलबारदेखि सुरक्षा बलले पूरै इलाकामा ‘सर्च अपरेसन’ चलाएका थिए । 

तीन जना आतंकवादीलाई सुरक्षा बलले नियन्त्रणमा लिएका छन् । मंगलबार बिहान सुरक्षा बलले मंगलादेई क्षेत्रमा तीन जना संदिग्धलाई देखेका थिए । त्यसपछि सुरक्षा बलले पूरै इलाकामा सर्च अपरेसन चलाएको थियो ।  

साँझसम्म पनि संदिग्धका बारेमा केही थाहा पाइएको थिएन । तर बुधबार उनीहरुले ने फाइरिङ सुरु गरेपछि सुरक्षा बलले पनि जवाफी कारबाही सुरु गरेको थियो ।

यसैबीच आतंकवादीको गोली लागेर अर्जुन र सन्दीप घाइते भएका थिए । उनीहरुलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याए पनि उनीहरुको मृत्यु भयो । 

सैन्य प्रवक्ता कर्णेल देवेन्द्र आनन्दले नौशेरा क्षेत्रमा घेराबन्दी र खोजी अभियानमा दुई जना जवान शहीद भएको बताएका छन् । अहिले पनि खोजतलाश अभियान जारी छ ।  

अन्तिम अपडेट: चैत २९, २०८०

1 Comments

  • Sandip limbu

    Jan. 2, 2020, 2:21 p.m.

    कहिलेसम्म नेपाली युवाहरुले अरुको देश रक्षा गर्न बलिदान दिइरहनुपर्ने हो सरकार !!

  •  0 Reply

तपाईको प्रतिक्रिया