काठमाण्डाैकाे सिनामङ्गलमा दम्पती मृत भेटिए
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – दुर्घटनामा परि विराटनगर नर्सिङ होममा उपचारत सिरहाका जितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा १० लाख रुपैयाँ जित्नुभएको छ । उहाँ यस योजनाअन्तर्गत पहिलो महिनाको पुरस्कार जित्ने भाग्यशाली ग्राहक हुनुहुन्छ ।
मङ्सिर ३० गते एपी वान टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भएको एक कार्यक्रममार्फत कामती यो योजनाको पहिलो मासिक विजेताका रुपमा छानिनुभएको हो । बुधबार चर्चित हास्यकलाकार जितु नेपालले कामती उपचारत अस्पतालमै पुगेर १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
आफ्नो ‘कस्टमर लोयल्टी’ कार्यक्रमअन्तर्गत एनसेलले ‘रिचार्जमा चमत्कार’ योजना गएको मङ्सिर १ गतेदेखि सञ्चालन गर्दै आएको छ । यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख रुपैयाँ र प्रत्येक महिना १० लाख रुपैयाँ जित्ने मौका पाउँछन् ।
अस्पतालमा छोराको उपचार खर्च तिर्नका लागि पैसाको खाँचो परेको बेलामा यो नगद पुरस्कार एक ठूलो आश्चर्य र राहतको रुपमा आएको जितेन्द्र कुमार कामतीका बुवा किशोर कामतीले बताउनुभयो । ‘छोरा केही दिनमा डिस्चार्ज हुने आशामा छौँ । ‘यो पैसाले केही व्यापार पनि गर्ने योजनामा छौँ’, उहाँले भन्नुभयो ।
यो योजनाको पहिलो ६ हप्तासम्ममा ३० जना भाग्यशाली ग्राहकले जनही २ लाख रुपैयाँ जितेका छन् । ती ३० जनामध्ये ९ जना ग्राहकले आ—आफ्नो नगद पुरस्कार ग्रहण गरिसकेका छन् र २१ जना ग्राहक प्रमाणीकरण प्रक्रियामा रहेका छन् ।
एनसेलका प्रिपेड र पोस्टपेड सेवाका सबै ग्राहकले हप्तामा सय रुपैयाँ वा त्योभन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा यो योजना सञ्चालन भइरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ ।
ग्राहकहरुले सय वा त्योभन्दा बढीको रिचार्जमा प्रत्येक सय रुपैयाँ बराबरको एक विशेष कोड एसएमएसमार्फत प्राप्त गर्छन् ।
यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्नपर्ने हुन्छ । यस योजनाअन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६ः३० बजे एपी वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेजमार्फत पाँच जना भाग्यशाली ग्राहकहरुको घोषणा हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।