सुनको भाउमा नयाँ रेकर्ड, तोलाको ७४ हजार ५ सय रुपैयाँ !

 पुस १८, २०७६ शुक्रबार ११:९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ शुक्रबार तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ शुक्रबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको हो । अमेरिका र इरानबीच तनाव बढिरहेकाले सुनको भाउ अझै बढ्ने महासङ्घले जनाएको छ ।

यसअघि गएको भदौ १८ गते सुनको भाउ तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता घटेर तोलाको ७० हजार रुपैयाँसम्म झरेको सुनको भाउ गएको महिनादेखि फेरि बिस्तारै बढेर मंगलबार तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

त्यसयता बुधबार र बिहीबार स्थिर रहेको सुनको भाउ शुक्रबार भने तोलामा एक हजार रुपैयाँ बढेको हो । चाँदीको भाउ भने आज पनि घटबढ भएको छैन । चाँदी आज पनि तोलाको ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया