भारतमा डुङ्गा दुर्घटना हुँदा १३ जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाडौं – डाक्टर गोविन्द केसीका माग पूरा गर्न दबाब दिंदै तरुण दलले गरेको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा तरुण दलका अध्यक्ष जीतजँग बस्नेतसहित धेरैजना घाइते भएका छन् ।
अध्यक्ष बस्नेतको टाउको फुटेको र उहाँको निजामती अस्पतालमा उपचार भइरहेको तरुण दलले जनाएको छ । प्रदर्शनकारीको ढुँगा लागेर केही प्रहरी पनि घाइते भएका छन् ।
माइतीघरबाट नयाँ बानेश्वर पुगेको तरुण दलको जुलुशले निशेधित क्षेत्र तोड्न थालेपछि बल प्रयोग गरेको थियो । प्रहरीले प्रदर्शनकारीलाई माइतीघरतिरै लखेटेपछि प्रदर्शनकारीले इन्द्रेणी फुड ल्याण्डको पार्किङमा राखिएका तीनवटा सरकारी गाडी र होटलमा ढुँगामुढा गरेका छन् । ढुँगा लागेर गाडी र होटलको शिशा फुटेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।