नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूको भागबण्डा टुंगियो (केन्द्रीय सदस्यकाे सूचिसहित)

 पुष १९, २०७६ शनिबार १२:३५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - संयोजक र सहसंयोजक तोकिएको ७ महिनापछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)को केन्द्रीय कमिटीले पूर्णता पाएको छ । 

शुक्रबार बसेको बैठकले ७ महिना लामो अन्यौलता अन्त्य गर्दै ३३५ सदस्यीय केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो । 

तत्कालिन एमाले र माओवादी एक भए पनि विद्यार्थी संगठनको केन्द्रीय कमिटीले पूर्णता पाउन सकेको थिएन । गएको जेठमा भागवण्डाको आधारमा तत्कालिन एमालेबाट ऐन महर संयोजक र माओवादीबाट रञ्जित तामाङ सहसंयोजक तोकिएका थिए ।

अहिले केन्द्रीय समिति विस्तार गर्दा पनि भागबण्डाकै आधारमा विस्तार गरिएको छ । विस्तारित ३३२ केन्द्रीय सदस्यमा तत्कालीन एमाले समर्थित विद्यार्थी संगठनले १८० सदस्य लिँदा तत्कालीन माओवादी समर्थित अखिल क्रान्तिकारीले १५५ जना सदस्य पाएको छ । 

त्यस्तै, केन्द्रीय कमिटीको सचिवालय १११ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय गठन गर्ने निर्णय पनि बैठकले गरेको अनेरास्ववियू संयोजक र सहसंयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

संगठनमा केन्द्रीय कमिटीका अतिरिक्त लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोग गरी ३ वटा केन्द्रीय निकाय पनि गठन हुने विज्ञप्तिमा उल्लेख छ ।

 
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया