अमेरिका–ईरान तनाव : ‘तेस्रो विश्वयुद्धको कालो बादल मडारिन थाल्याे!’

 पुस २०, २०७६ आइतबार १०:५६:६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – पाकिस्तानमा छापिने उर्दु भाषाका अखबारहरुले यो हप्ता ईरानी सैन्य कमाण्डरको अमेरिकी आक्रमणमा मृत्यु भएको खबरलाई प्राथमिकतामा राखेका छन् । 

साथै पाकिस्तानी सेना प्रमुखकको कार्यकाल विस्तार र भारतमा नागरिकता संशोधन कानुन र राष्ट्रिय नागरिकता रजिस्टर (सीएए–एनआरसी) विरुद्ध भइरहेको विरोध प्रदर्शनसँग जोडिएका खबरलाई निकै महत्वका साथ छापेका छन् । 

सबैभन्दा पहिला कुरा गरौँ, ईरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्याको बारेमा । ईरानको कुद्स फोर्सका प्रमुख कासिम सुलेमानीको बगदाद अन्तर्राष्ट्रिय एअरपोर्टनजिक एक अमेरिकी हवाई आक्रमणमा ज्यान गएको थियो । 

यस विषयमा अमेरिकी रक्षा विभागले एक बयान जारी गर्दै भन्यो, ‘अमेरिकी राष्ट्रपतिको निर्देशनमा विदेशमा रहेका अमेरिकी सैन्यकर्मीहरुको रक्षको लागि कासिम सुलेमानीलाई मार्ने कदम उठाइएको हो । अमेरिकाले उनलाई आतङ्कवादी घोषित गरिसकेको थियो ।’

कुद्स फोर्स ईरानको इस्लामिक रिभोल्युशनरी गार्ड्स कर्प्सको एक शाखा हो, जसले देशबाहिरको अभियानमा सहयोग गर्छ । र यसका प्रमुख सुलेमानी सिधारुपमा देशका सर्वाेच्च नेता आयतोल्लाह अली खामेनेईप्रति जवाफदेही थिए । सुलेमानीलाई आमेनेईको निकै घनिष्ट मानिन्थ्यो र भविष्यको नेताका रुपमा हेरिएको थियो । 

याे पनि पढ्नुस्

पाकिस्तानका सबै अखबारको पहिलो पानामा यो खबर छापिएको छ । अखबार ‘जंग’ ले पनि ठूलो अक्षरमा लेखेको छ, ‘मध्य–पूर्वमा युद्धको खतरा’ ।

ईरानका सर्वाेच्च नेता आयोतोल्लाह खामेनेईले सैनिक कमाण्डर सुलेमानीको हत्याको अमेरिकासँग बदला लिने बताएका छन् । उता अमेरिकी राष्ट्रपटि ट्रम्पले सुलेमानीलाई निकै पहिला नै मार्नुपर्ने प्रतिक्रिया दिएका छन् । 

इजरायलले पनि अमेरिकी कदमको स्वागत गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिका आफ्नो आत्मरक्षाको लागि दत्तचित्त भएको बताउँदा अमेरिकी सभामुक नेन्सी पेलोसीले भने यो आक्रमणले झन् हिंसा बढ्ने बताइन् । 

अखबार ‘जंग’ का अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी आक्रमणपछि त्यस क्षेत्रमा अवस्था अझ नाजुक हुने बताएका छन् । 

अमेरिका–ईरान तनावले भने पाकिस्तानलाई आफ्नो अर्थव्यवस्थाको चिन्ता थपिएको छ । पाकिस्तानी विदेश मन्त्री शाह मुहम्मद कुरैशीले पनि यी दुई देशबीचको तनावले पाकिस्तानको विदेश नीति र आर्थिक अवस्थामा पर्ने असरबारे संसदमा नै बोलेका थिए । 

त्यस्तै अखबार ‘दुनिया’ ले लेखेको छ, ‘तेस्रो विश्वयुद्धको कालो बादल मडारिन लागेको छ ।’ अखबारका अनुसार सुलेमानीको मृत्युपछि त्यस क्षेत्रमा तनाव बढेको छ र सबैको ध्यान रुसतर्फ तानिएको छ । वर्तमान समयमा मध्य–पूर्वमा रुसको हस्तक्षेप बढेको छ र आउँदा दिनमा रुसको भूमिका प्रमुख हुने बताइएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया