अमेरिकी सरकारी एजेन्सीकाे वेबसाइट 'ह्याक'

 पुष २०, २०७६ आइतबार १२:३:१६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाको सरकारी वेबसाइट ह्याक भएको छ ।

अमेरिकन सरकारी निकाय फेडरल डिपोजिटरी लाइब्रेरी प्रोग्रामको वेबसाइट आफूलाई इरानको बताउने ह्याकरले ह्याक गरेको अन्तर्राष्ट्रिय समाचार संस्था 'द गार्जियन' ले जनाएको छ ।

वेबसाइइट खोल्दा 'इन द नेम अफ् गड' अर्थात् भगवानको नाममा, इरान साइबर सुरक्षा समूह ह्याकर्स लेखेको पाइन्छ । यसमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई इरान लेखिएको मुड्कीले गालामा हानिरहेको र ट्रम्पको मुखबाट रगत बगिरहेको तस्बिर राखिएको छ ।

गएकाे शुक्रबार इराकमा अमेरिकाले गरेको आक्रमणमा ईरानी सेनाका जर्नेल कासिम सुलेमानीको ज्यान गएपछि ईरानले सही समय र सही ठाउँमा यसको बदला लिने चेतावनी दिइसकेको छ ।

याे पनि पढ्नुस्

आइतबार बिहान ट्वीट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानको ५२ ठाउँलाई निशाना बनाएकाले अमेरिकी नागरिक र सम्पत्तिमाथि आक्रमण गरे तत्कालै बलियो तरिकाबाट जवाफ दिने चेतावनी दिएका थिए ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया