नेपालमा हुने अमेरिका, ओमान र नेपाल सम्मिलित एक दिवसीय क्रिकेट सिरिजको तालिका सार्वजनिक

 पुस २०, २०७६ आइतबार १७:३२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत नेपालमा हुने अमेरिका, ओमान र नेपाल त्रिकोणात्मक एक दिवसीय क्रिकेट सिरिजको खेलतालिका सार्वजनिक भएको छ।

प्रतियोगिताका सबै खेलहरु खेल फेब्रुबरी ५ देखि १२ ९माघ २२-२९० सम्म त्रिवि क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगितामा जम्मा ६ खेलहरु हुनेछन्।

सार्वजनिक भएकाे खेलतालिका अनुसार पहिलो खेल नेपाल र ओमानबीच हुनेछ । प्रतियोगिताको दोस्रो दिन ओमन र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ भने फेब्रुअरी ८ मा नेपालले आफ्नो दोस्रो खेल अमेरिकाविरुद्ध खेल्नेछ ।

त्यस्तै ९ फेब्रुअरीमा नेपालको ओमनसँग दोस्रो खेल रहेको छ । ११ फेब्रुअरीमा ओमन र अमेरिका खेल्नेछन् भने प्रतियोगिताको अन्तिम दिन नेपालले अमेरिकासँग खेल्ने तालिका रहेको छ ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया