चार टुक्रा

 साउन ५, २०७५ शनिबार १८:३६:११ | भुपेन्द्र निराजन खनिया
unn.prixa.net

 (१)

चाकडी चाप्लुसीको खेती मौलायो

आफ्नै कुटेखेलो गर्ने सोझो बौलायो

कोही काम गरेर नि खोलेकै भरमा

कोही डकार्छन पाउ मोलेकै भरमा ।

 

(२)

सुनेको छु,
आजभोलि, यमराज
राँगो छोडेर टिप्परमा डुल्छन रे
मेरो सहरमा ।

(३)

पास नभए पैसा फिर्ता (ट्युसन सेन्टर)

जागिर नपाए पैसा फिर्ता (ट्रेनिङ सेन्टर)

रोग निको नभए पैसा फिर्ता (हेल्थ सेन्टर)

यो विज्ञापनको दुनिया हो हजुर,

यस्तो सुनियो भने पनि नमान्नु सुर्ता,

छोरा नजन्मिए केटी फिर्ता (म्यारिज ब्युरो) ।

(४)

तरकारी बजार छिर्दा, मन

'काउली' थियो, 

भाउ सोध्दै जाँदा

'कागती' भो,

अन्तमा, फर्कने बेला

'ज्यानमारा खुर्सानी'!

 

 

 

अन्तिम अपडेट: चैत १६, २०८०

भुपेन्द्र निराजन खनिया

खनियालाई http://bhupendranirajan.com.np मा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया