कांग्रेस केन्द्रीय समितिकाे निर्णयप्रति जिल्ला सभापतिहरुकाे असहमति

 पुष २१, २०७६ सोमबार १८:४६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरुले केन्द्रीय समितिले बहुमतका आधारमा पारित गरेकाे निर्णयप्रति असहमति व्यक्त गरेका छन् । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबारबाट सुरु भएको भेलामा केन्द्रीय कार्यसमितिमा भएको निर्णय र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा राय सुझाव लिने काम भइरहेको वरिष्ठ नेता रामचन्द्र पाैडेलले जानकारी दिनुभयो ।  

भेलाको पहिलो दिन सोमबार वरिष्ठ नेता पौडेलले पार्टीमा देखिएको पछिल्लो विवादबारे जानकारी गराएको र त्यसमा महत्वपूर्ण सुझावहरु आएको बताउनुभयो । उहाँले जिल्ला सभापतिहरुले नेपाली कांग्रेस विधिको बाटोमा हिंडनुपर्ने, संस्थागत रुपबाट पार्टी चलाउनुपर्ने र हचुवाको भरमा निर्णयहरु गर्दा पार्टी संकटमा जाने भन्दै केन्द्रीय कार्यसमितिले गरेका निर्णयहरु सच्याउनुपर्ने सुझाव दिएको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले जिल्ला सभापतिहरुसँग परामर्श लिने काम मंगलबार पनि जारी रहने भएकाले सबै जिल्ला सभापतिहरुको राय सुझाव लिएपछि मात्र कसरी अगाडी बढ्ने भन्ने विषयमा टु‌ंगाेमा पुग्ने बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया