सम्बन्धनका लागि २० करोड घुस मागेको बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँको आरोप

 पुस २३, २०७६ बुधबार १५:१३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंँले कलेजको सम्बन्धन प्रक्रिया अगाडि बढाउन २० करोड रुपैयाँ घुस मागिएको आरोप लगाउनुभएको छ ।

झापामा रहेको बीएण्डसी कलेजका सञ्चालक प्रसाईँले बुधबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले घुस मागेको आरोप लगाउनु भएको हो  । 

प्रसाईँले बीएण्डसीलाई सम्बन्धन माग्दै निवेदन लिएर मंसिर १५ गते चिकित्सा शिक्षा आयोगमा पुगेको र गिरीले त्यही दिन बेलुकी एउटा होटलमा बोलाएर घुस मागेको दावी गर्नुभएको छ । 

आफूले रकम दिन नसक्ने भनेपछि गिरीले सम्बन्धनको निवेदन नै दर्ता गर्न नमानेको प्रसाईँको आरोप छ । यसैबीच चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले आरोपबारेमा प्रतिक्रिया दिन दिउँसो ४ बजे पत्रकार सम्मेलन गर्न लागेको बताउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया