प्रिमियर लिगमा आज लिभरपुल र साउथह्याम्टन तथा युनाईटेड र इपस्व...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – अष्ट्रेलियामा बिग ब्याश लिग (बीबीएल) क्रिकेट खेलिरहेका सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले छैटौँ जित निकालेको छ ।
बुधबार भएकाे खेलमा मेलबर्न स्टारले सिड्नी थन्डर्सलाई ६ विकेटले हराउँदै लिगको शीर्ष स्थानमा यथावत रहेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको सिड्नी थन्डर्सले २० ओभरमा एक सय ४५ रन बनाएकाे थियाे। सिड्नी थन्डर्सका लागि कप्तान क्यालम फर्गुसनले ३५ रन बनाए भने उस्मान खवाजाले ३३ रन बनाए ।
बलिङमा मेलबर्नका ह्यारिस राैफले ह्याट्रिक लिए । लामिछाने भने चार ओभरमा ३९ रन दिँदै विकेटविहीन रहे । उनले खेलमा नेपाल भ्रमण वर्षकाे प्रचार तथा अस्ट्रेलियाकाे आगलागीबाट जाेगाउनेहरुलाई सम्मानसहितकाे नारा लेखेकाे जुत्ता लगाएका थिए ।
जवाफमा मेलबर्नले १७ ओभर तीन बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
मेलबर्नको जितमा कप्तान ग्लेन म्याक्सवेलले ५५ तथा मार्कस स्टोइनिसले ५० रन बनाए । जितसँगै मेलबर्न सात खेलमा १२ अंकका साथ लिगको शीर्ष स्थानमा यथावत रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।