बुढानीलकण्ठ कार दुर्घटनामा संलग्न चालक जेल चलान : रक्सी पिएर गाडी चलाएकाे अदालतकाे ठहर

 पुस २३, २०७६ बुधबार २०:२१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको बुढानीलकण्ठमा तीन साताअघि ठक्कर दिएर पैदल यात्रुको ज्यान लिने कार चालक पृथ्वी मल्ल कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाण्डौले कार चालक मल्ललाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो  ।  

गएको मंसिर २८ गते बिहान मल्लले चलाएको कारले ठक्कर दिँदा मन्दिरबाट फर्किँदै गरेकी गोरखाकी लीला देवकोटाको ज्यान गएको थियो । कार चालक मल्लले अत्यधिक रक्सी खाएर गाडी चलाएकाले दुर्घटना भएको अदालतले ठहर गरेको छ ।

दुर्घटनामा ज्यान गुमाएकी लीला देवकोटाका देवर यादव देवकोटाले आफूहरुले  न्याय पाएको बताउनु भएको छ । गल्फ खेलका अन्तर्राष्ट्रिय खेलाडी मल्ल बिदा मनाउन अमेरिकाबाट नेपाल फर्किएका थिए । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया