काठमाण्डाैकाे सिनामङ्गलमा दम्पती मृत भेटिए
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – अमेरिकाले हवाई आक्रमणमा ईरानी सेनाका प्रमुख कासिम सुलेमानी मारिएपछि अमेरिका–ईरान तनाव झनै बढेको छ ।
आफ्नो सेना प्रमुखलाई अमेरिकाले इराकमा निसाना बनाएपछि ईरानले पनि बुधबार त्यसको जवाफी कारबाहीस्वरुप इराकमा रहेको दुई वटा सैनिक अड्डामा दर्जनौँ मिसाइल प्रहार गरेको थियो ।
मिसाइल आक्रमणमा ईरानले ८० भन्दा बढी अमेरिकी सैनिक मारिएको दाबी गर्दै आइरहेको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार नै राष्ट्रको नाममा सम्बोधन गर्दै आक्रमणमा अमेरिकी सैनिक मारिएको भन्ने खबरको खण्डन गरेका छन् ।
ट्रम्पले १० मिनेटभन्दा कम समयको भाषणमा ईरान, सैन्य प्रमुख सुलेमानी, परमाणु सम्झौता आदिका बारेमा भनाइ राखे ।
ट्रम्पले भने, ‘आक्रमणमा कुनै पनि अमेरिकी सैनिक या इराकी सैनिक मारिएका छैनन् र कोही पनि घाइते भएका छैनन् । सैनिक अड्डामा सामान्य क्षति पुगेको छ ।’
‘ईरान युद्धबाट पछि हटिरहेको जस्तो देखिन्छ, जुन पूरै विश्वको लागि राम्रो कुरा हो । अमेरिकाले ईरानमाथि अझै कडा प्रतिबन्ध लगाउँदैछ’, ट्रम्पले थपे ।
साथै ट्रम्पले आफू अमेरिकी राष्ट्रपति रहेसम्म ईरान कहिले पनि परमाणु शक्ति सम्पन्न देश बन्न नसक्ने दाबी गरे ।
ट्रम्पले बेलायत, फ्रान्स, जर्मनी, रुस र चीनसँग आग्रह गर्दै सन् २०१५ मा ईरानसँग भएको परमाणु सम्झौताबाट अलग हुन भनेका छन् ।
हामी सैन्य शक्तिको प्रयोग गर्न चाहँदैनौँ : ट्रम्प
ट्रम्पले ईरानलाई सम्बोधन गर्दै भने, ‘ईरानले आफ्नो परमाणुसम्बन्धी इच्छा र आतङ्कवादीको समर्थन गर्न बन्द गर्नुपर्ने हुन्छ ।’
ट्रम्पले रुस, चीन लगायतका देशलाई ईरानसँगको परमाणु सम्झौता समाप्त गर्न पनि आग्रह गरेका छन् । उनले अमेरिका मध्यपूर्वमा तेलको पछि नरहेको उल्लेख गर्दै भने, ‘अमेरिका आफैमा विश्वको सबैभन्दा तेल उत्पादन गर्ने राष्ट्रमा पर्छ । अमेरिका आर्थिक र सैन्य हिसाबले स्थिर छ ।’
ट्रम्पले सैन्य शक्तिको प्रयोगलाई खारेज गर्दै भने, ‘अमेरिका विश्वको सबैभन्दा ठूलो सैन्य शक्ति भएको राष्ट्र हो तर यसको मतलब हामी सैन्य शक्ति प्रयोग गर्दैनौँ । हामी उनीहरुलाई प्रयोग गर्न चाहँदैनौँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।