मलेसियामा कार दुर्घटनामा दुई नेपालीको ज्यान गयो

 पुस २४, २०७६ बिहिबार १४:५८:२५ | उज्यालो सहकर्मी

काठमाण्डौ – मलेसियामा कार दुर्घटना हुँदा दुई जना नेपालीको ज्यान गएको छ । 

क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल नजिकै बिहीबार बिहान कार दुर्घटना हुँदा दोलखाका २९ वर्षीय राजकुमार श्रेष्ठ र सुर्खेतका २३ वर्षीय रमेश पोख्रेलको ज्यान गएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । 

बिहीबार बिहान कम्पनीमा खाजा पुर्‍याउन हिँडेका श्रेष्ठ र पोख्रेल चढेको कार स्थानीय समय अनुसार बिहान ६ बजे विमानस्थल नजिकै मिलाइ भन्ने ठाउँमा दुर्घटना भएको हो । विपरित दिशाबाट आएको लरीले कारलाई ठक्कर दिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै दूतावासले जनाएको छ । 

राजकुमार श्रेष्ठ क्वालालम्पुरमा होटल सञ्चालन गर्नुहुन्थ्यो । रमेश राजकुमारको होटलमा काम गर्दै आएको हुनसक्ने दूतावासको भनाई छ ।

दूतावासकाअनुसार श्रेष्ठको परिवारसँग सम्पर्क भइसकेको छ भने  पोख्रेलको सम्पर्क हुन बाँकी छ । यसबारे थप अनुसन्धान भइरहेको दूतावासले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया