ट्रम्पकाे ईरानविरुद्धकाे युद्ध अधिकार कटौती, अमेरिकी तल्लो सदनबाट प्रस्ताव पारित

 पुस २५, २०७६ शुक्रबार ९:३५:२२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – ईरानविरुद्धको सैन्य कारबाहीलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो शक्तिको पूरा प्रयाेग  गर्न नपाउने भएका छन् । 

संयुक्त राज्य अमेरिकाको तल्लो सदन (हाउस अफ् रिप्रिजेन्टेटिभ्स) ले बिहीबार एक युद्ध शक्तिसँग सम्बन्धित प्रस्ताव पारित गरेको हो । 

यसको उद्देश्य ईरानसँग युद्ध गर्न अनिवार्यरुपमा काङ्ग्रेसको अनुमति लिनुपर्छ भन्ने हो । तर ईरानबाट आक्रमण भएको अवस्थामा भने यो प्रस्तावले ट्रम्पको अधिकारलाई रोक्ने छैन । साथै राष्ट्रपतिको भिटो अधिकारलाई पनि यसले रोक्ने छैन । 

सदनमा यो प्रस्तावको पक्षमा २२४ र विपक्षमा १९४ मत खसेको थियो । यो प्रस्तावलाई काङ्ग्रेसकी एजिला स्लटकिनले प्रस्ताव गरेकी थिइन् । 

ईरानले इराकमा रहेको दुई वटा अमेरिकी सैनिक अड्डामा दर्जनौँ मिसाइल प्रहार गरेको एक दिनपछि यो प्रस्ताव ल्याइएको हो । 

तल्लो सदनबाट यो प्रस्ताव परित भए पनि रिपब्लिकहरुको बहुमत रहेको माथिल्लो सदनबाट भने यो प्रस्ताव सहजै पारित हुन गाह्रो छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया