यू–१९ महिला एशिया कप 'सुपर–फाेर' : श्रीलङ्कासँगकाे खेलमा ने...
पुस ४, २०८१ बिहिबार
काठमाण्डौ – केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) महाराजगञ्ज, काठमाण्डौले विदेशबाट पार्सल पठाएको भन्दै ठगी गर्ने नेपाली, नाइजेरियन र आइभाेरी कोस्टका पाँच जनालाई पक्राउ गरेकाे छ।
फेसबुक, ह्वाट्सएप, भाइबर, इमाे र ट्विटरमार्फत बहुमूल्य सामान, गहना, पैसा जस्ता पार्सल पठाएको भन्दै ठगी गरेको अभियोगमा उनीहरु पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा मुख्य अभियुक्त नाइजेरियाका ४० वर्षीय साइरिल चिनन्सो आइबे, आइभाेरी कोस्टका २३ वर्षीय आसापे अज्दी, चितवन घर भएर खुसिबु बस्दै आएका ४० वर्षीय रामचन्द्र गैरे रहेका छन् ।
यस्तै, ठमेलका ४९ वर्षीय उमेश श्रेष्ठ र चितवन कालीनगर घर भएर बनस्थली बस्दै आएका ३१ वर्षीय हरि ओझा पक्राउ परेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत नेपाली नागरिकहरुलाई साथी बनाइ पार्सलमा आएको सामान लिनको लागी बैंक खातामा पैसा जम्मा गर्न लगाउने गरेको प्रहरी जनाएको छ ।
उनीहरुलाई काठमाण्डौको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सीआइबीले पक्राउ परेका सबैलाई ठगी मुद्धामा म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ । पीडितहरुको समस्या समाधानका लागी समेत आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।