सिरक उद्योगमा आगलागी हुँदा २० लाख रुपैयाँ मूल्य बराबरको सामान जलेर नष्ट

 साउन ६, २०७५ आइतबार ८:५०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – नेपालगञ्जको विपी चोकमा रहेको चाँद सिरक इन्टरप्राइजेजमा शनिबार राती आगलागी भएको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक नारायण डाँगीका अनुसार आगलागीबाट २० लाख रुपैयाँ मूल्य बराबरको सामान जलेर नष्ट भएको छ ।

नेपालगञ्जका मोहम्मद आइसले सिरक इन्टरप्राइजेज भाडामा संचालन गर्दै आउनुभएको छ  । सिमसिम पानी परिरहेको समयमा राती १० बजेतिर नजिकै रहेको बिजुलीको पोलमा बिजुली सर्ट भई आगलागी भएको थियो । दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • arjun raskoti magar

    July 22, 2018, 9:39 a.m.

    कच्ची कामको परिणाम यस्तै हुन्।अलिकति लागत थप गरेर पक्कि काम गरेको भए सायद यस्तो समस्या उत्पन्न कमै हुन्थ्यो होला।कार्खाना पनि होसियार भएर निर्माण गरेको भए र बिजुलि पनि

  •  0 Reply

तपाईको प्रतिक्रिया