धनकुटामा एक्स्काभेटर बाेकेकाे टेलर पल्टिँदा सह–चालकको ज्यान गयाे

 पुस २६, २०७६ शनिबार १४:४०:३३ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - धनकुटाको चौबिसे गाउँपालिका–८, एसपीमोडमा शनिबार बिहान एक्स्काभेटर बाेकेकाे टेलर पल्टिँदा सह–चालकको घटनास्थलमा नै ज्यान गएको छ ।

एक्स्काभेटर बोकेर भेडेटारबाट राजारानी हुँदै ६ नम्बर बुधबारेतर्फ जाँदै गरेको ना.७ ख. ७९१७ नम्बरको टेलर सडकमा पल्टिँदा त्यसैले थिचेर सह–चालक ३० वर्षीय राजकुमार राईको घटनास्थलमा नै ज्यान गएको हो । ज्यान गुमाएका सह-चालक राईकाे ठेगाना भने खुल्न सकेको छैन ।

कच्ची सडकमा घुम्ती मोड्ने क्रममा टेलर अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुर्दशन प्रसाद कोइरालाले बताउनुभयाे । 

सडकमा टेलर पल्टिएपछि ६ नम्बर बुधबारे, राजारानी, भेडेटार सडक एकतर्फी रुपमा मात्र सञ्चालनमा आएका छन् । अहिले गाडी हटाएर पूर्णरुपमा सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।

घटनापछि गाडी चालक संखुवासभाको धर्मदेवी नगरपालिका–९ का ३१ वर्षीय बिन्दुराज महतलाई इलाका प्रहरी कार्यालय राजारानी धनकुटाले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ भने मृतक राईको शव पोष्टमार्टमको लागि धनकुटा ल्याउने क्रममा रहेको एसपी कोइरालाले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया