ए डिभिजन लिग : जाउलाखेललाई हराउँदै मच्छिन्द्र क्लब शीर्ष स्थानमा

 पुष २६, २०७६ शनिबार १५:२२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले चौथो जित निकालेको छ । जितसँगै मच्छिन्द्र केही छिनका लागि भएपछि लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले जाउलाखेल युथ क्लबलाई एक-शून्यले हरायो । स्टार खेलाडीले भरिएको मच्छिन्द्रविरुद्ध खेलको १० औँ मिनेटमा जाउलाखेलका हरि कठायतले उत्कृष्ट मौका खेर फाले ।

त्यसपछि २३ औँ मिनेटमा फेरि हरि कठायतले पाएको निकै राम्रो मौका खेर फाले। ३० औँ मिनेटमा विशाल राईको फ्रीकिकमा अभिशेक रिजालको प्रहारलाई जाउलाखेलका डिफेन्डरले बचाए ।

त्यसको एक मिनेटपछि मच्छिन्द्रले खेलमा अग्रता बनायो । उसका लागि विशाल राईले गोल गरे । ४० औँ मिनेटमा रेजिन शुब्बाले खाली पाेस्टमा गोल गर्न सकेनन् ।

४२ औँ मिनेटमा रेजिनले नै गोल गरे तर रेफ्रीले त्यसलाई अफसाइड दिए । पहिलो हाफमा एक गोलले पछि परेको जाउलाखेलले ४८ औँ मिनेटमा बराबरी गर्ने सुन्दर मौका पाएको थियो । उसका कुबेर विष्टको फ्रिकिकमा फोडी फोफानको हेडर पोष्ट नजिकैबाट बाहिरियो ।

त्यसपछि दुवै टिमबाट अरु गाेल नभएपछि मच्छिन्द्रले जाउलाखेलविरुद्ध एक-शून्यको जित निकाल्यो । जितसँगै मच्छिन्द्रले ६ खेलमा १३ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ । जाउलाखेलको ६ खेलमा नौ अंक रहेको छ ।

जारी लिगमा जाउलाखेलको यो पहिलो हार हो । अब हुने दोस्रो खेलमा यदि मनाङ बराबरीमा रोकिएमा वा पराजित भएमा मच्छिन्द्र शीर्ष स्थानमा यथावत हुनेछ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया