काठमाण्डाैकाे सिनामङ्गलमा दम्पती मृत भेटिए
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मनाङ मर्स्याङदी क्लब हिमालयन शेर्पासँग गाेलरहित बराबरीमा रोकिएको छ । यसका कारण मनाङले लिगको शीर्ष स्थानमा फर्कने अवसर गुमाएको छ ।
दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङका तीन खेलाडी प्रतिबन्धमा पर्नुको प्रभाव राम्रोसँग देखियो । टिमका मुख्य तीन खेलाडी एन्फाको प्रतिबन्धमा परेका कारण बेन्चमा बस्ने खेलाडीलाई मौका दिएको मनाङले पुरै खेलमा डरलाग्दो आक्रमण गर्न सकेन ।
मनाङका सुरज विक ७२ औँ मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि बाँकी समय १० खेलाडीमा सीमित भएको थियो । १० खेलाडी माथि शेर्पा पनि हावी हुन नसक्दा खेल गाेलरहित बराबरीमा टुगिएकाे हाे ।
यो बराबरीपछि मनाङ ६ खेलमा १२ अंकका साथ लिगको दोस्रो स्थानमा छ । आर्मीको पनि समान १२ अंक भए पनि गोल अन्तरका आधारमा तेस्रो स्थानमा झरेको छ । शेर्पा लिगमा अझै जितविहीन रहेको छ । उसको ६ खेलमा दुई हार र चार बराबरी भएको छ । मनाङको लिगमा तेस्रो बराबरी हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।