प्रिमियर लिगमा आज लिभरपुल र साउथह्याम्टन तथा युनाईटेड र इपस्व...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले शनिबार पशुपतिनाथ क्षेत्रको स्थलगत अवलोकन गर्नु भएको छ ।
मन्त्री भट्टराईले पशुपति क्षेत्र विकास कोषको चार किल्लाभित्रको समग्र क्षेत्रको आठ घण्टा पैदल हिँडेर निरीक्षण गर्नु भएको हो । पर्यटन मन्त्रीका साथमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, कोषका सदस्य सचिव डा. प्रदीप ढकाल लगायतकाे सहभागिता रहेकाे थियो ।
मन्त्री भट्टराईले पशुपतिनाथको मूल मन्दिरसँगै अन्य धार्मिक महत्वका मठमन्दिरको अवलोकन गर्नु भएको थियो । त्यसैगरी भूकम्पपछिको पुनर्निर्माण भएका सम्पदा र पुनर्निर्माण हुन बाँकी सम्पदा, प्रमुख बगैँचा, धर्मशाला, गौशाला, भेटीघाटी व्यवस्थापन, मन्दिरको सुरक्षा, घाट व्यवस्थापन, धारा, पानी, बिजुली तथा पशुपति परिसरभित्रका सार्वजनिक शौचालयको अवस्था, कैलाश क्षेत्र, मृगस्थली, गौरीघाट क्षेत्रलगायत स्थलको हिँडेरै अवलोकन गर्नु भएको थियो ।
मन्त्री भट्टराईले पशुपति क्षेत्र परिसरको सरसफाइ, तीर्थयात्रीको समस्या आदिबारे स्थलगत जिज्ञासा राख्नु भएको थियो । मन्त्रीसहितको टोलीले गोठाटारमा रहेकाे कोषको तीन सय ३४ रोपनी क्षेत्रफलको जग्गाको पनि अवलोकन गरेको थियो । त्याे ठाउँमा अन्तर्राष्ट्रिय धार्मिकस्थल बनाउने जनाइएको छ ।
निरीक्षणका क्रममा मन्त्री भट्टराईले पशुपति क्षेत्रभित्रको समग्र सुधार र आगामी योजनाबारे तीन दिनभित्र विस्तृत प्रतिवेदन पेस गर्न कोषलाई निर्देशन पनि दिनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।