एपीएफले जित्याे न्यु डायमण्ड महिला भलिबलकाे उपाधि

 पुष २७, २०७६ आइतबार १६:४०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाैमा भएको तेस्रो संस्करणको न्यु डायमण्ड राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफ क्लबले जितेको छ ।

आइतबार भएको फाइनलमा आयोजक टिम न्यु डायमण्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । एपीएफले गत संस्करणको पनि उपाधि जितेको थियो ।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस क्लबमा भएको फाइनलमा एपीएफ २५–२०, २५–१८ र २५–२३ को सेटमा विजयी भयो । एपीएफलाई च्याम्पियन बनाउन योगदान गरेकी नेपाली राष्ट्रिय टिमकी पनि नियमित सदस्य सरस्वती चौधरी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनिन् ।

उनले सर्वोत्कृष्ट खेलाडी स्वरुप नगद २१ हजार १ सय १ र विधागत तर्फ उत्कृष्ट सर्भरसहित ७ हजार १ सय १ गरि २८ हजार २ सय २ रुपैयाँ नगद पुरस्कार पनि जितिन् ।

त्यस्तै अन्य विधामा भने न्यु डायमण्डकै खेलाडीको वर्चश्व रह्यो । न्यु डायमण्डकी प्रतिभा माली उत्कृष्ट सर्भर, नेपाली टिमकी कप्तानसमेत रहेकी अरुणा शाही उत्कृष्ट सेटर, सलिना श्रेष्ठले उत्कृष्ट लिबेरो (डिफेन्डर)को पुरस्कार जितिन ।

यस्तै एपीएफकी हिरा केसी र नेपाल पुलिसकी कोपिला रानाले उत्कृष्ट क्वीकरको पुरस्कार हात पार्दा उत्कृष्ट प्रशिक्षकको पुरस्कार भने एपीएफलाई टिम च्याम्पियन बनाएका महेशबहादुर चौधरीले पाए । विधागतरुपमा उत्कृष्ट भएका खेलाडी तथा प्रशिक्षकहरुले जनही ७ हजार १ सय १ रुपैयाँ पाए ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया