ए डिभिजन लिग : छैटौं चरणमा आएर सरस्वतीले अंकको खाता खोल्यो

 पुस २७, २०७६ आइतबार १७:३६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरस्वती युवा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो अंक जोडेको छ ।

अघिल्ला पाँच खेलमा पराजित भएको सरस्वतीले आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई गोलरहित बराबरीमा रोक्दै खाता खोल्न सफल भयो ।

दशरथ रंगशालामा भएको खेलमा दुबै टिमले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।

बराबरीपछि ब्रिगेड ब्वाइज सात अंकसहित आठौं स्थानमा छ । उसले ६ मध्ये दुई जित, एक बराबरी र तीन हारको नतिजा निकालेको छ । सरस्वती तालिकाको पुछारमा छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया