फरार अभियुक्तलाई पक्रन काठमाण्डाैकाे बौद्धमा गोली चल्यो

 पुस २७, २०७६ आइतबार १८:५४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फरार अभियुक्तलाई पक्राउ गर्ने क्रममा काठमाण्डाैको बौद्धमा गोली चलेको छ ।

फरार अभियुक्त विष्णु लामालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी रमेशबहादुर सिंहले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ गर्ने क्रममा भागेपछि उनलाई गोली हानिएको थियो । गोली लागेर घाइते भएका विष्णु लामाको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । लामामाथि हत्या र हिंसालगायत विभिन्न आरोप लागेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया