टी–२० सिरिजका लागि भारतीय टिम : राेहित र शमी फर्किए

 पुस २८, २०७६ सोमबार ६:१७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रोहित शर्मा न्युजिल्याण्डविरुद्धको टी–२० सिरिजका लागि भारतीय टिममा फर्किएका छन् । साथै तीव्र गतिका बलर मोहम्मद शमी पनि टिममा फर्किएका छन् । 

यी दुई खेलाडीलाई श्रीलङ्काविरुद्धको टी–२० सिरिजमा आराम दिइएको थियो । टी–२० सिरिज भारतले दुई शून्यले आफ्नो पक्षमा पार्दा पहिलो टी–२० वर्षाका कारण रद्द भएको थियो । 

न्युजिल्याण्डविरुद्धको पाँच खेलको टी–२० सिरिजका लागि भारतीय चयनकर्ताले छानेको टिम यस्तो छ–

विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), केएल राहुल, शिखर धवन, श्रेयस अय्यर, मनीष पाण्डे, ऋषभ पन्त (विकेटकीपर), शिवम दुबे, कुलदीप यादव, यजुवेन्द्र चहल, वाशिङ्टन सुन्दर, जसप्रीत बुमराह, मोहम्मद शमी, रविन्दर जडेडा र शार्दुल ठाकुर । 

श्रीलङ्काविरुद्धको टी–२० सिरिजमा उपस्थिति जनाएका सञ्जु सैमसनले यो सिरिजमा स्थान बनाउन सकेनन् । यसका साथै हार्दिक पाण्ड्या पनि अनपिट हुँदा यो सिरिजमा परेनन् । 

न्युजिल्याण्डविरुद्धको पाँच टी–२० सिरिजको पहिलो खेल आउँदो जनवरी २४ मा अकल्याण्डमा हुनेछ । टी–२० सिरिजपछि फब्रुअरीमा भारतीय टिमले न्युजिल्याण्डसँग तीन वटा एकदिवसीय र दुई वटा टेस्ट म्याचको सिरिज खेल्नेछ । तर एकदिवसीय टिम र टेस्ट टिमकाे घाेषणा भइसकेकाे छैन । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया