सूचना प्रविधि विधेयकका विरुद्ध अदालत जाने पत्रकार महासंघकाे चेतावनी

 पुष २८, २०७६ सोमबार १७:५४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ– पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सूचना प्रविधि विधेयकका विरुद्ध अदालत जाने चेतावनी दिनुभएको छ । 

विधेयकका केही बुँदाहरुले मौलिक हक सम्बन्धी व्यवस्थाहरुलाई कटौती गरी कठपुतली अदालत गठन गर्न खोजेको भन्दै आचार्यले यसको विरुद्ध अदालत जाने चेतावनी दिनुभएको हो । 

सूचना प्रविधि विधेयक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा विषयक अन्तरक्रिया कार्यक्रममा आचार्यले समितिमा संशोधन भएका केही बुँदाहरु राम्रा भए पनि केही बुँदाहरुमा सजाय थपको व्यवस्था भएकोप्रति आपत्ति जनाउनुभयो । 

नेपाल बार एशोसिएसन लगायतका संघ संस्थाहरुसँग पत्रकार महासंघले सहकार्य गरेर सातै प्रदेशमा जाने, विधेयकको विरुद्धमा सदनसम्म विज्ञप्ती मार्फत रोकियोस् भनेर आग्रह गर्ने र सडकमा पनि जान सक्ने सहमति भएको उहाँले बताउनुभयो । 

एक वर्षभन्दा बढी फाैजदारी सजाय हुने कुरामा अर्धन्यायिक निकायलाई संविधानले अधिकार नदिएको भए पनि विधेयकले संविधानको गम्भीर उलङ्घन गरेको उहाँले बताउनुभयो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहालले सत्तापक्ष र प्रतिपक्षले यो विषयमा सहकार्य गरेर टुंगो लगाउनुपर्ने बताउनुभयो । 

गिरीजाप्रसाद कोइरालाको पालामासमेत नियन्त्रण नै गर्न खोजिएको र आज केपी ओलीको पालामा पनि त्यही नियती दोहोरिएको उहाँको भनाई छ । राज्य सत्ताहरु जहिले पनि नियन्त्रणमुखि नै हुने उहाँको भनाई छ ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले सरकारमा गएपछि प्रेसलाई थुनिहाल्नु पर्ने, प्रेसलाई बन्देज लगाउनुपर्ने कस्तो मानसिकता हो भन्दै प्रश्न गर्नुभयो । उहाँले एउटा माइक बोकेर हिडेको कुनै अनलाइनको पत्रकार थुनिनुपर्ने अवस्था आएको बताउनुभयो । अहिले सरकारले ल्याएको विधेयकले पत्रकारलाई मात्रै नभएर आम नागरिकको मौलिक हक नै कुण्ठित गरेको बताउनुभयो ।

अन्तक्रिया कार्यक्रममा सहभागिहरुले सरकारले नियन्त्रणमुखि विधेयक ल्याएको आरोप लगाएका थिए । संविधानले दिएको मौलिकहरु हनन् हुने गरी विधेयक आएको भन्दै सहभागिहरुले विरोध गरेका हुन् ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया