प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै - अर्थमन्त्री डा. युवराज खतिवडाले वस्तु आयातमा मूल्य घटाएर एलसी खोल्ने बैंकहरुलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
बैंकहरुले १ सय रुपैयाँको वस्तुको ४० रुपैयाँ मूल्य निर्धारण गरेर एलसी खोल्ने गरेकोले विकृति बढेको बताउनुभयो । सोमबार नेपाल चेम्बर अफ कमर्सको ६९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री खतिवडाले बैंकहरुलाई अन्तर्राष्ट्रिय बजारमा भएका वस्तुहरुको मूल्य सूचि सरकारले उपलब्ध गराउने र त्यही मूल्य अनुसार एलसी नखोले कारबाही गर्ने बताउनुभयाे ।
अर्थमन्त्री खतिवडाले कानूनको डर गल्ती गर्ने तथा अपराध गर्नेहरुलाई मात्र हुने भएकोले सम्पत्ती शुद्धिकरण तथा राजश्व अनुसन्धानको डर नमान्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
सरकारले आन्तरिक उत्पादन बढाई निर्यात गर्ने व्यवसायीलाई कच्चापदार्थ, प्रविधि, उत्पादनको प्रकृया, प्याकेजिङ, ब्राण्डिङ तथा निकासी अनुदान लगायतमा सहयोग गरेकाले त्यसको फाइदा लिन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले वस्तु तथा सेवाको निकासीमा सरकारले दिने अनुदान सहज प्राप्त नहुने भएकोले नेपालको उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न नसकेको बताउनुभयो । त्यसका लागि सरकारले बिना सर्त सहयोग गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले सरकारका नीति र व्यवहारका कारण अझै पनि व्यवसायिक वातावरण बिग्रिएको बताउनुभयो । अर्थमन्त्री खतिवडाले भने सरकारले संस्थागत आयकरको दर बढाएको छैन, मूल्य अभिवृद्धि कर पनि बढाएको छैन तर कसरी व्यवसायीक वातावरण बिग्रियो भन्दै प्रश्न गर्नुभयो । उहाँले व्यवसायीलाई निरुत्साहित गरेर सुशासन कायम गर्न नसकिने समेत बताउनुभयो ।