उपसभामुखको अडान : सभामुखको उम्मेदवार घोषणा नगरी राजीनामा दिन्न

 पुस २८, २०७६ सोमबार १९:२३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजनीतिक दलहरुले सभामुखको उम्मेद्वार तय गरेर घोषणा नगरेसम्म राजीनामा नदिने अडान लिनुभएको छ । 

तुम्बाहाम्फेले सोमबार आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूले राजीनामा दिनु संविधानको व्यवस्था अनुसार गलत हुने बताउनुभयो । संविधानले संघीय संसदको प्रतिनिधि सभा नेतृत्व विहीन हुने कल्पना नगरेकोले पनि आफूले राजीनामा दिन नहुने उहाँले बताउनुभयो । 

राजनीतिक दलहरुले जति छिटो सभामुख पदका लागी उम्मेदवार तयार गर्छन त्यति नै बेला आफूले राजिनामा दिएर मार्ग प्रसस्त गर्ने उहाँले बताउनुभयो । अहिले आफू कुनै राजनीतिक दलको सदस्य नभएकाले कुनै पनि दलको निर्देशन आफूमाथि लागू नहुने उहाँले बताउनुभयो 

अहिले संसदमा देखिएको गतिरोध आफ्नो कारणले नभई दलहरुले निर्णय गर्न नसक्दाको परिणाम भएकाे उहाँकाे भनाइ छ । संवैधानिक पदमा बसेको व्यक्तिले गैर–जिम्मेवार भएर प्रतिनिधि सभालाई नेतृत्व विहीन बनाउने पक्षमा आफू नरहेको पनि उहाँले बताउनुभयो ।

 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया