काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - नेपालमा माघे सक्रान्तिको आसपासमा बर्सेनि झण्डै १० करोड रुपैयाँको तरुलको कारोबार हुने गरेको व्यवसायीले बताएका छन् ।
माघे संक्रान्तिमा धेरै खपत हुने भएकाले यो चाडलाई लक्षित गरी १० करोडको तरुलको कारोबार हुने गरेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सदस्य राजन न्यौपानेले जानकारी दिनुभयो ।
नेपालमा माग हुनेमध्ये धेरै तरुल नेपालमै उत्पादन हुने गरेको छ भने केही भारतबाट आयात हुने गरेको छ । यो पुस महिनामा कालिमाटीमा सबैभन्दा धेरै सर्लाहीबाट तरुल भित्रिएको छ भने नवलपरासी, धादिङ, नुवाकोट, काभ्रे लगायतका जिल्लाबाट पनि तरुल आयात भएको छ ।
माघे सक्रान्तिका लागि कालीमाटी बजारमा झण्डै १५ सय टन तरुल भित्रिएको छ । पोहोरको माघे सक्रान्तिका लागि भनेर ७ देखि ८ सय टन तरुल मात्रै भित्रिएको थियो । पोहोरको तुलनामा तरुलको भाउ यसपटक किलोमा १५, २० रुपैयाँ बढी भए पनि कारोबार भने बढेको व्यवसायीले बताएका छन् ।
काठमाण्डौमा तरुलको कारोबार बढे पनि पिँडालु र सखरखण्डको कारोबार भने खासै घटबढ भएको छैन ।
पुस महिनाभरमा कालीमाटीमा १ सय ७२ टन पिँडालु र २ सय ४२ टन सखरखण्ड भित्रिएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समतिका उपनिर्देशक विनय श्रेष्ठले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।