बाजुरामा पक्राउ परेका विप्लव समूहका १६ कार्यकर्ता कारगार चलान

 पुष २९, २०७६ मंगलबार १७:१५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - गएको कात्तिक २२ गते बाजुराको गौमुल गाउँपालिबाट पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाका १६ जना कार्यकर्तालाई पुर्पक्षका लागि कारगार चलान गरिएको छ । 

बाजुरा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनीहरुलाई पुर्पक्षको लागि कारागार चलान गरेको हो । 

कारागार चलान हु्नेमा विप्लवका केन्द्रीय नेता चुडामणि पौडैल, राजेशकुमार शाही, नरेश शाही, डम्बर सुनार, दीपकप्रकाश सुनार, उदय कशेरा, अमललाल थापा, धर्मबहादुर थापा, डबलबहादुर नेपाली, धर्मसिंह बोहरा, कुश्मा विक, अस्मिता विक, सुस्मिता विक, कमला विक र सृष्टि सिंँह छन् ।

उनीहरुमध्ये ११ जना पुरुषलाई  बाजुरा र ५ महिलालाई सोमबार नै अछाम कारागारमा राखिएकाे प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया