२०७७ सालकाे दशैँ–तिहार २५ दिन पर धकेलियाे

 माघ १, २०७६ बुधबार ७:३८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – २०७७ सालको दशैँ र तिहार झण्डै एक महिना पर धकेलिएको छ ।

नयाँ पात्रोअनुसार असोज महिनामा मलमास परेकाले दशैँ कात्तिकमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनु भयो ।

उहाँका अनुसार आउँदो वर्ष कात्तिक १ गते घटस्थापना परेको छ । यस्तै फूलपाती ७ गते, महाअष्टमी ८ गते, महानवमी ९ गते र विजयादशमी १० गते परेको उहाँले बताउनु भयो । 

यस्तै तिहार कात्तिक २८ गतेदेखि सुरु हुनेछ । २८ गते काग तिहार, २९ गते कुकुर तिहार र लक्ष्मी पूजा, ३० गते गोवर्द्धन तथा म्ह पूजा र भाइटीका मङ्सिर १ गते परेको गौतमले जानकारी दिनु भयो । 

मलमास नपरेको बेलामा दशैँ सामान्यतया असोज पहिलो हप्ता सुरु हुन्छ । मलमासका कारण आउँदो वर्ष विवाहको साइत पनि घटेको नेपाल पञ्चाङग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनु भयो ।

। उहाँका अनुसार आउँदो वर्ष विवाहको साइत १५ दिन मात्रै छ । यसैबीच नेपाल पञ्चाङ्ग निर्णायक समितिले गृह मन्त्रालयलाई बिदा सार्वजनिक गरी क्यालेन्डर छपाइका लागि बाटो खुला गर्न आग्रह गरेको छ । टोलीले गृह मन्त्री रामबहादुर थापालाई भेटेर यस्तो आग्रह गरेको हो । 

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • Sudhi Man Shrestha

    Jan. 16, 2020, 12:01 p.m.

    ल है, म्ह पूजामा जोरी खोज्नेहरू, केही समस्या भए अहिले नै आवाज उठाउ, पछि म्ह पूजा नजिकिंदै जाँदा यसो उसो भनेर नउफ्रिऔं ।

  •  0 Reply

तपाईको प्रतिक्रिया