माघी पर्वकाे अवसरमा प्रदेश ५ मा आज र भोलि सार्वजनिक बिदा

 माघ १, २०७६ बुधबार ८:४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – माघी पर्वकाे अवसरमा आज र भोलि प्रदेश नम्बर पाँच सरकारले सार्वजनिक बिदा दिएकाे छ ।

प्रदेश पाँचका सबै १२ जिल्लामा माघी पर्व विशेषरुमा मनाउने थारु तथा मगर समुदायको उल्लेख्य बसोबास रहेकाले प्रदेश सरकारले आज र भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनु भयो ।

माघी पर्वकाे अवसरमा मुख्यमन्त्री शङ्कर पोखरेलले आफ्नै सरकारी निवास बुटवलमा शुभकामना आदानप्रदान कार्यक्रमकाे आयाेजना गर्नु भएकाे थियाे । कार्यक्रममा मुख्यमन्त्री पाेखरेलले भन्नु भयाे, 'सांस्कृतिक पर्वहरुले नै समाजलाई एकताबद्ध गराइ आर्थिक समृद्धिकाे दिशामा अग्रसर गराउँछ ।' 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया