अमेरिकामा नवनिर्वाचित राष्ट्रपति ट्रम्पबाट मन्त्रीमन्डल पूर्णता
मंसिर ९, २०८१ आइतबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोगसम्बन्धी प्रस्ताव एक हप्ताभित्र सिनेटमा अघि बढाइने भएको छ ।
आउँदाे सात दिनभित्रमा सो प्रस्ताव अघि बढ्ने समाचारमा जनाइएको छ । बुधबार अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लगाएको उहाँमाथिको महाभियोगसम्बन्धी जानकारी सिनेटमा पठाइने छ ।
सिनेट अमेरिकी संसदको माथिल्लो सदन हो । त्यहाँ १०० जना सांसद रहने छन् । उनीहरुले दुई तिहाई बहुमतबाट राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउन सक्नेछन् ।
यस महाभियोग प्रस्तावमाथिको समग्र प्रक्रियाको नेतृत्व अमेरिकाका प्रधानन्यायाधीशले गर्नुहुने छ कानुनी प्रावधान अनुरुप नै उहाँलाई पनि यस विषयमा सहभागी गराइने छ र त्यो प्रक्रिया यसैहप्ताबाट नै सुरु हुने पनि सिनेटका एकजना अधिकारीले जानकारी दिनुभएको छ ।
यसै हप्ताको बिहीबार अथवा शुक्रबारसम्ममा अमेरिकाको सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टले सिनेटमा हुने यससम्बन्धी महाभियोग प्रक्रियाको अध्यक्षताको सपथ लिनुहुने कार्यक्रम छ ।
यस महाभियोग प्रक्रियाको अध्यक्षता अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीशले ग्रहण गर्ने कानुनी प्रावधान रहेको छ । यसरी यो महाभियोगमा मतदान हुनु अगाडि नै केही प्रक्रियाहरु रहने छन् ।
ती प्रक्रिया पूरा गर्दा त्यस्तै आगामी फेबु्रअरी महिनाको अन्त्यसम्ममा लाग्ने बताइएको छ । सिनेटका अधिकारीले यसै हप्ताबाट नै उहाँका विरुद्धको महाभियोगको प्रक्रिया प्रारम्भ हुने जानकारी गराएका हुन् ।
यसअघि गत महिनामात्र अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरेको भन्ने आरोपको पक्षमा मतदान गरेको थियो । त्यो ट्रम्पविरुद्धका दुई महाभियोगका आरोपहरू मध्येको एउटा थियो ।
त्यस महाभियोग प्रस्तावमा भएको मतदानमा महाभियोग लगाउने पक्षमा २३० मत परेको थियो भने विपक्षमा १९७ मत परेको थियो । अममेरिकी राजनीतिक पार्टीको एजेण्डाअनुरुप नै मत खसेको बताइएको थियो ।
उक्त प्रस्तावमा अधिकांश डेमोक्र्याट सदस्यले आरोपको पक्षमा र रिपब्लिकनहरूले आरोपको विपक्षमा मत हालेका थिए । राष्ट्रपति ट्रम्पले अब महाभियोगको दोस्रो आरोपको रूपमा रहेको कंग्रेसलाई अवरुद्ध तुल्याएको विषयमा पनि मतदानको सामना गर्नुपर्ने देखिन्छ ।
डोनाल्ड ट्रम्प अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सबाट महाभियोग लगाइएका तेस्रो अमेरिकी राष्ट्रपति बन्नुभएको छ । उक्त मुद्दा माथिल्लो सदन सिनेटमा प्रवेश गरेपछि गरिने महाभियोगको प्रस्तावमाथिको मतदानले उहाँ राष्ट्रपति रहने वा नरहने भन्नेबारे समेत निर्णय गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।