देशभरको मौसम सामान्यतया सफा : तराईमा हुस्सु र कुहिरो
पुस २, २०८१ मंगलबार
रसुवा - रसुवा भन्सार कार्यालयले गएको पुस महिनामा लक्ष्यभन्दा ७७.०४ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार पुसमा महिनामा ४६ करोड ७८ लाख ९१ हजार लक्ष्य राखिएकोमा ८२ करोड ८३ लाख ५५ हजार राजस्व संकलन भएको हो ।
कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि पुस अन्तिमसम्ममा ७ अर्ब ३३ करोड ८९ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरिसकेको छ । यो वार्षिक लक्ष्यको ७८ प्रतिशत हो । कार्यालयले यो वर्ष ९ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रुपयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।
कार्यालयका अनुसार साउनमा ४६ करोड ७८ लाख ९१ हजार, भदौ महिनामा ९३ करोड ५७ लाख ८३ हजार, असोजमा १ अर्ब ४० करोड ३६ लाख ७४ हजार, कार्तिकमा ९३ करोड ५७ लाख ८३ हजार, मंसिरमा ९३ करोड ५७ लाख ८३ लाख रुपयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो ।
जसमा साउनमा १ अर्ब ३ करोड ५ लाख ४८ हजार, भदौमा १ अर्ब ५१ करोड २६ लाख ९० हजार, असोजमा १ अर्ब ३८ करोड ८० लाख ३२ हजार, कार्तिकमा १ अर्ब ४७ करोड १ लाख ११ हजार, मंसिरमा १ अर्ब ९१ लाख ९१ हजार रुपयाँ राजस्व संकलन गरेको हो ।
आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म सडक अवरोध नभएको र परियोजनाको सामग्रीको आयात बढेको कारण राजस्व संकलनमा वृद्धि भएको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।