उपचुनावका लागि मतपत्र छपाइको काम सकियो : २ लाख ५९ हजार मतप...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछानेले एभरेस्ट प्रिमियर लिग (इपिएल)मा काठमाण्डौ किंग्स इलाभेनबाट खेल्ने भएका छन् ।
अघिल्लो सिजन ललितपुर प्याट्रियट्सबाट खेलेका सन्दीपले यसपटक टिम परिवर्तन गरेका हुन् । सन्दीपलाई क्याटेगोरी ‘ए’ अन्तर्गत काठमाण्डौ किंग्स इलाभेनले भित्र्याएको हो।
अष्ट्रेलियाको बिग ब्याश लिग खेलिरहेका सन्दीपलाई कति रकममा अनुबन्ध गरियाे भन्ने खुलाइएको छैन । लिग आयोजकले ट्वीटर मार्फत सन्दीपले काठमाण्डौ किङ्सबाट खेल्ने जानकारी गराएको हो ।
पछिल्लो सिजन आयरल्यान्डका केभीन ओ ब्रायन र यूएईका रोहन मुस्तफासँगै श्रीलंकाका फरवेज महारुफले काठमाण्डौ किंग्स इलाभेनबाट खेलेका थिए । अलराउन्डर केभिनले यस सिजन पनि काठमाण्डाैबाट नै खेल्ने पक्का भएको छ । साथै, हसिम आमला, लियाम प्लंकेट, ड्वेन स्मिथ, लगायत खेलाडी लिग खेल्न सक्ने संभावना रहेको छ ।
एभरेस्ट प्रिमियर लिग आउँदो चैत १ देखि क्रिकेट प्रतियोगिता आयाेजना हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।