कानुनमन्त्रीको अभिव्यक्तिप्रति भट्टराई र थापाको आपत्ति : राप्रपाले राजीनामा माग्यो

 साउन ६, २०७५ आइतबार १५:२२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बंगलादेशमा चिकित्सा शिक्षा पढ्ने महिला विद्यार्थीमाथि जथाभावी टिप्पणी गरेका कारण कानुनमन्त्री शेरबहादुर तामाङ विवादमा तानिनुभएको छ ।

डाक्टरको प्रमाणपत्र लिनको लागि महिला विद्यार्थीले आपत्तिजनक कार्य गर्नुपर्ने भन्दै टिप्पणी गरेपछि उहाँ विवादमा तानिनुभएको हो । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले कानुनमन्त्री तामाङको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै छानबिनको माग गर्नुभएको छ । ट्वीटरमार्फत उहाँले छानबिन गरी कार्बाहीको माग गर्नुभएको हो ।

 

यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि मन्त्रीको अभिव्यक्ति आपत्तिजनक र अमर्यादित भएको भन्दै मन्त्रीलाई बर्खास्त गर्न माग गर्नुभएको छ ।

राप्रपाले छुट्टै विज्ञप्ति निकालेर पनि मन्त्रीको राजीनामाको माग गरेको छ । मन्त्री तामाङले शनिबार एउटा स्कुलको कार्यक्रममा नेपालमा मेडिकल शिक्षा पढ्न नपाएर विद्यार्थी विदेशमा जानुपरेको र बंगलादेशमा त महिला विद्यार्थीले प्रमाणपत्र लिन शरीर सुम्पनुपर्ने बाध्यता रहेको टिप्पणी गर्नुभएको थियो ।

यसअघि बीएण्डसी शिक्षण अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको पनि यस्तै टिप्पणी सार्वजनिक भएको थियो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया