कोहलपुलर नगरपालिका-१२ का वडाध्यक्ष भारतमा मृत फेला

 माघ १, २०७६ बुधबार १८:४०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके - बाँकेकाे कोहलपुर नगरपालिका-१२ का वडाध्यक्ष कृष्ण बहादुर खड्का भारतमा मृत भेटिनुभएको छ । खड्काको शव भारतको उत्तरप्रदेश राज्यको बहराइचकाे शंकर  होटेलमा बुधबार फेला परेको हो । 

पालिकाका प्रवक्ता माधव रिजालले खड्काको मृत्युको जानकारी आएपछि पालिकाको टोलि बहराइच जान लागेको बताउनुभयो । ६८ वर्षीय खड्का पालिकाकाे चुनावमा नेकपा एमालेबाट विजयी हुनुभएको थियाे । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया