प्रिमियर लिगमा आज लिभरपुल र साउथह्याम्टन तथा युनाईटेड र इपस्व...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धको क्रममा मारिएकामध्ये ५ हजारको मात्रै आफूले जिम्मा लिने बताउनुभएको छ ।
माघीको अवसरमा टुँडिखेलमा भएको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनु भएको हो ।
धेरैले अहिले पनि १० वर्षे जनयुद्धको क्रममा १७ हजार मारेर आएको भनेर गलत तथ्याङ्क भन्ने गरेको बताउँदै दाहालले १२ हजार सामन्ती राजाहरुले मारेको बताउनुभयो ।
‘म तथ्याङ्क मात्रै सच्याउन चाहन्छु । मलाई अहिले पनि १७ हजार मारेर आएको भनेर भन्ने गरिन्छ । यो सत्य होइन । सत्य के हो भने हिजोका सामन्ती राजाहरुले १२ हजार मारेका हुन् । मलाइ ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु’, उहाँले भन्नुभयो, ‘तर राजाहरुले मारेको १२ हजारको चाहिँ कुरा नहुने ? राज्यले मारेको पनि मेरै टाउको हाल्ने गरियो भने यो न्याय हुँदैन ।’
अध्यक्ष दाहालले प्रहरी हिरासतमा रहेका सांसद रेशम चौधरी छिट्टै जेलबाट छुट्ने आश्वासन समेत दिनुभएको छ । सम्बोधनका क्रममा दाहालले रेशम मात्रै नभएर जनयुद्धका क्रमका धेरै मान्छेहरु जेलमा रहेको र सबैलाई छोड्न पहल भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘टीकापुर घटनाको सन्दर्भमा झुटा मुद्धा खारेज गर्नुपर्छ भनेर पार्टी र सरकारसँग बहस भइरहेको छ । केही साथीहरु छुटेका छन् । रेशम लगायतका साथीहरु छुट्न बाँकी छन् छुटाइन्छ, हेर्नुहोला केही समयभित्रै यसको परिणाम निस्किन्छ ।’
उहाँले थारु मात्रै नभएर पहाडी समुदायका बाहुन क्षेत्रीसमेत जेलमा रहेको बताउनुभएको छ । दाहालले मोरङबाट सेनाभित्र विद्रोह गरेर जनमुक्ति गएका व्यक्तिलाई पनि समातेर जेलमा हलिएको बताउनुभयो ।
अध्यक्ष दाहालले प्रधानमन्त्रीको हैसियत रेशम चौधरीलाई दिल्लीमा भेट्ने पहिलो व्यक्ति आफू भएको पनि बताउनुभएको छ । दाहालले चौधरीलाई सांसदको शपथ खुवाउनका लागि सभामुख देखि सरकारसम्मलाई आफूले कुरा राखेको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।