अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
पुस २३, २०८१ मंगलबार
काठमाण्डाै – आज २२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । विसं १९९० सालको भूकम्पको सम्झना तथा भूकम्पबाट हुने क्षति कम गर्नेबारे चेतना जगाउने उद्देश्यले माघ २ गते यो दिवस मनाउने गरिन्छ ।
विसं १९९० सालमा महाभूकम्प गएको दिनकाे समय पारेर आज दिउँसो २ बजेर २४ मिनेटमा भक्तपुरमा विशेष कार्यक्रम र देशैभरि सचेतनामूलक कार्यक्रम आयोजना गरिने सरकारले जनाएको छ ।
विसं २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको दिवसका लागि यसपटकको नारा ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ तय गरिएको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिनु भयो ।
नेपाल भूकम्पको जोखिमका हिसाबले विश्वको ११औँ जोखिमपूर्ण देशमा पर्छ । नेपालमा हरेक ८० देखि एक सय वर्षको अन्तरालमा ६ देखि ८ रेक्टर स्केलको भूकम्प जाने गरेको पाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्ति तथा भूकम्पबाट हुन सक्ने क्षतिबाट जोगिनका लागि आवश्यक सजगता अपनाउन आह्वान गर्नु भएको छ ।
भूकम्प सुरक्षा दिवसको अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले राज्य संरचनाका अङ्गहरूमा मात्र नभइ समाजकाे जीवन पद्धतिलाई नै विपद् व्यवस्थापनको तयारी र त्यससँग जुध्न सक्ने बनाउनु जरुरी रहेको बताउनु भएको छ ।
‘सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन पारित गरेको छ, २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पुगेको क्षति र त्यसपछिको पुनर्निर्माणका अनुभव तथा ज्ञानलाई आत्मसात गर्दै भूकम्पबाट उत्पन्न हुने जोखिम न्यूनीकरणको दिशामा अग्रसर छौँ’ – सन्देशमा भनिएको छ।
विसं २०७२ साल वैशाख १२ गतेको भूकम्पमा झण्डै नौ हजार मानिसको ज्यान जानुका साथै आठ लाखभन्दा धेरै निजी घर र नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । भूकम्पबाट अति प्रभावित १४ सहित ३२ जिल्लामा पुनर्निर्माणको काम चलिरहेको छ ।
विसं २०७२ सालमा भूकम्प गएको ९ महिनापछि माघ २ गते पुनर्निर्माण महाअभियान सुरु भएको थियो । तर पुननिर्माणको जिम्मा पाएको राष्ट्रिय पुननिर्माण प्राधिकरणमा पटक–पटक भएको नेतृत्व परिवर्तन लगायत कारणले पुनर्निर्माणको काम प्रभावकारी हुन नसकेको भन्दै प्राधिकरणको आलोचना हुने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।