वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

 साउन ६, २०७५ आइतबार १६:५५:७ | रासस
unn.prixa.net

फाइल फोटो

काठमाडौं– पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा गएका ८ सय २१ जनाको ज्यान गएको छ । आर्थिक वर्ष ०७४/७५ मा उनीहरुले विदेशमा ज्यान गुमाएका हुन् । यो अघिल्लो आर्थिक वर्षको भन्दा ४६ जना बढी भएको वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले जनाएको छ ।

आव ०७३/७४ मा ७ सय ७५ जनाले विदेशमा ज्यान गुमाएका थिए । विगतको अनुसन्धानका आधारमा हेर्दा नेपालको वातावरण र कामका लागि गएको देशको वातावरण नमिल्दा धेरै जसोको सुतेकै अवस्थामा मृत्यु हुने गरेको देखिएको प्रवद्र्धन बोर्डकी प्रवक्ता पवित्रा घिमिरे खनालले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया